बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

एनआईसी एशिया बैंकको क्रेडिट कार्डबाट इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सक्ने

दैनिक नेपाल २०७७ साउन ३० गते ७:००

काठमाडौं, ३० साउन । एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको जनाएको छ ।

योजनामार्फत ग्राहकले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्ने सुविधाको लाभ उठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

बैंकले सिजी डिजिटल प्रा.लि., एलजी लाइफ स्टाइल शोपी प्रा. लि., इभोलुसन ट्रेडिङ प्रा. लि. (इभो), नियोटेरिक नेपाल प्रा. लि., इको इन्फिनिटी प्रा. लि., त्रिवेणी व्यापार कम्पनी प्रा. लि लगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्रीहरू क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूलाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरेको छ ।

जसअनुसार यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रीहरू खरिद गर्न सक्नेछन् ।

अतुलनीय फाइदाले भरिपूर्ण यस योजनाबाट ग्राहक महानुभावहरूले आफ्नो क्रेडिट कार्डको सिमाभित्र रहने गरी न्यूनतम रू. ३० हजार देखि अधिकतम रू. ५ लाखसम्मका उपभोग्य इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सक्नेछन् ।

समय अनुरुप ग्राहकमैत्री योजनामार्फत सेवा प्रदान गरिरहेको यस योजनाबाट ग्राहक महानुभावहरूलाई उत्कृष्ट लाभ प्राप्त हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित