६ कार्तिक २०८३, शुक्रबार

वीरगञ्जमा मृत्यु भएका बाराका २ जनामा कोरोना पुष्टि

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ साउन । वीरगञ्जमा कोरोनाका कारण थप २ जनाको बिहीबार मृत्यु भएको छ ।

नारायणी अस्पतालमा उपचाररत मृत्यु भएका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मृतक दुवै जना बाराका हुन् ।

अस्पतालका अनुसार बाराको प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय दिनेशप्रसाद कलवारको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई वुधबार राती अस्पताल भर्ना गरिएको थियो ।

उनको मृत्युपछि रिपोर्ट आउँदा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

यस्तै, नारायणी अस्पतालमै उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ सिमराका ५० वर्षीय शेख समिमुल हकमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

खोकी, ज्वरो लगायत समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधबार साँझ ६ बजे उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिँदै गर्दा बिहीबार उनको मृत्यु भएको हो ।

उनको मृत्युपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । यससँगै कोरोनाका कारण वीरगञ्जमा २५ जनाको मृत्यु भएको छ । जसमध्ये साउनमा मात्रै २१ जना रहेका छन् ।