
बर्दिया, २९ साउन । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ ।
बैंकका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरोनाको उच्च जोखिममा बैंकका कर्मचारी पनि रहेका छन् । लकडाउन अन्त्य भएपछि बैंकहरु खुला भएसँगै कोरोना जोखिम बढेको हो । –रासस















प्रतिक्रिया