
काठमाडौँ, २९ साउन । मकवानपुरमा बिहीबार थप ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
विहान ३७ जना र साँझ १५ जना गरी थप ५२ जनामा संक्रमण देखिएको हो । जिल्लामा हालसम्मकै यो धेरै संख्या संक्रमण भएको हो ।
हेटौंडा–१० किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणबाट साँझ आएको रिपोर्ट अनुसार मकवानपुरका थप १५ जनामा कोरोना भाइरस संक्रमण पाइएको हो ।
साँझ थपिएका संक्रमितहरुमध्ये १३ जना हेटौँडा उपमहानगरपालिकाका रहेका छन् भने २ जना मकवानपुरगढी गाउँपालिकाका रहेका छन् । विहान हेटौँडाका १८ जनामा संक्रमण देखिएको थियो ।















प्रतिक्रिया