
काठमाडौँ, २९ साउन । विराटनगर महानगरपालिकाले लकडाउनको समयावधि थप गरेको छ ।
महानगरपालिकाले साउन ३० गतेसम्म गरेको लकडाउन भदौ ५ गतेसम्म निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।
लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित थिए । लकडाउन यता थप ३०६ गरी विराटनगरमा संक्रमितको संख्या ४१५ पुगेको छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेपछि लकडाउनको अवधि थप गरिएको हो ।
लकडाउन संक्रमण नियन्त्रणका लागि प्रभावकारी भएकाले नगर र जिल्ला स्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिले लकडाउन थप गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए ।















प्रतिक्रिया