६ कार्तिक २०८३, शुक्रबार

थप ५२५ मा कोरोना, संक्रमितको संख्या २५ हजार नजिक, थप ४ को मृत्यु, १०९ डिस्चार्ज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ साउन । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप ४ जनाको मृत्यु भएको पुष्टि गरे । यससँगै मृत्यु हुनेको संख्या ९५ जना पुगेको छ ।

मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय किशोर र विराटनगरका ५७ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी, देशभर बिहीबार थप ५ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले गत २४ घण्टामा थप ५ सय २५ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या २४ हजार ९ सय ५७ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोना जित्नेको संख्या १६ हजार ८ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मुलुकभर अहिले ८ हजार २५ जना सक्रिय संक्रमितहरु रहेका छन् । भने १४ हजार ७ सय ६९ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै, हालसम्म कोरोनाका कारण ९५ जनाको मृत्यु भएको छ ।