
काठमाडौँ, २९ साउन । रााष्ट्रिय र बहुराष्ट्रिय पक्षका विवाद नेपालबाट समाधान गर्ने गरी विदेशी लगानी नेपाल ल्याउन र नेपालका विवाद समाधानमा महंगो खर्च व्यहोरेर विदेशमा रहेका संस्था र विषेशज्ञको सेवा खरिद गर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले एपक्याम नामक संस्था स्थापना गरिएको छ ।
विदेशी मुद्रा संचितीमा समेत मुलुकलाई र विवाद समाधानमा उद्योग वाणिज्य क्षेत्रलाई मद्दत गर्ने सहयोगीका रुपमा भुमिका निर्वाह गर्ने एसिया प्यासिफिक सेन्टर फर आर्विट्सन एण्ड मेडिएसन (एपक्याम) नामक संस्था स्थापना भएको हो ।
विवाद शान्ति, समृद्धी र विकासको बाधक भएकाले समाज रुपान्तरण र विकासका लागि सकृय एसिया प्रशान्त क्षेत्रका विभिन्न ८ संस्थाहरुद्वारा स्थापित एपक्याम नेपालमा पनि बिस्तार गरिएको संस्थाका महासचिव तथा वरिष्ठ अधिवक्ता मातृका प्रसाद निरौलाले जानकारी दिए ।
हाल नेपालमा नेपाल इन्टरनेशनल एडिआर सेन्टर, इण्डियन इन्स्टिच्युट अफ आर्विट्ेशन एण्ड मिडिएशन, मलेसियन मिडिएशन सेन्टर, इण्डोनेसिया मिडिएशन सेन्टर, हङ्गकङ इन्टरनेशनल मिडिएशन, हङ्गकङ इन्स्टिच्युट अफआर्विट्ेटर्स, थायल्याण्ड आर्विट्शन सन्टर, अष्ट्रेलियन डिस्प्युट रेजोलुसन सेन्टर, लगायतका संस्थाहरु आबद्धभई संयुक्त सेवा शुरु गरेका छन् ।
नेपालका तर्फबाट एपक्यामका बोर्ड सदस्य तथा नेपाल इन्टरनेशनल एडिआर सेन्टरको महासचिव वरिष्ठ अधिवक्ता मातृका निरौला, अन्य संस्थाका तर्फबाट अनिल जेभियर, डा. फ्रेसिस ल, दातुककुतुबलजमान, फामी साहेव, सिल्भिया सिविङ, पसित अस्वातानापूर्ण, डेकी लोगोनेज लगाएत छन् ।
संस्थाको साउन २२ गते विभिन्न मुलुकका न्यायिक क्षेत्रका विशिष्ट व्यक्तित्वद्वारा संयुक्त रुपमा एपक्यामकोे समुद्घाटन गरिएको हो ।
विश्वव्यापी रुपमा प्रशारण भएको अनलाइन तथा अफलाइन कार्यक्रममा नेपालका तर्फबाट पूर्व प्रधानन्यायाधीश, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्धघाटन गरेका हुन् ।
सो अवसरमा वरिष्ठ अधिवक्ता निरौलाले एपक्याम्प संस्थापनाको चार्टडमा दस्तखत गरेका थिए । भारतको नयाँ दिल्लीबाट प्रशारण भएको सो कार्यक्रम नेपाल, मलेसिया, हङ्गकङ, इण्डोनेसिया अष्ट्ेलिया ताइवान लगायतबाट सम्बोधन गरिएको थियो ।
‘विवाद समाधानको शुलभ अवसर जुटाउनु मुलुकको जिम्मेवारी मात्र होइन विदेशी लागनी र विश्वास आर्जन गर्ने अपरिहार्य माध्यम हो’, वरिष्ठ अधिवक्ता निरौलाले भने ।
नेपालमा केही व्यवसायीहरुको पहलमा खास गरी मध्यस्थ र मेलमिलापमा आधारित सेवा, त्यसै विषयमा थप अध्ययन, अनुसन्धान र थप सुधार गर्दै जाने उद्देश्यले ८ वर्ष अघि नेपाल इन्टरनेशनल एडिआर सेन्टर (एआएसी) को स्थापना भई केही काम हुँदै आएको थियो ।
एसिया प्यासिफिक क्षेत्रका विभिन्न मुलुकहरुमा यस्तै विषयमा काम गर्ने संस्थाहरु मिलेर प्रभावकारी संजाल खडा गरी बहुराष्ट्रिय पक्षहरु बीचमा खडा भएका व्यापारिक तथा साम्पति विवादमा उक्त नेटवर्क मार्फत विवाद समाधानको सेवा दिने काम शुरु भएको बताइएको छ ।
















प्रतिक्रिया