
काठमाडौँ, २९ साउन । भदौ १ देखि सञ्चालन गरिने भनिएको हवाई उडान सरकारले भदौ १६ गतेसम्म बन्द गर्ने भएको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १६ सम्म उडान बन्द गराउने सूचना जारी गरेको हो ।
कोरोनाभाइरस संक्रमण अधिक बढ्न थालेपछि सरकारले हवाई उडान थप २ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको थियो ।
अन्तर्राष्ट्रिय नाका भदौ मसान्तसम्म बन्द गरिएको छ ।















प्रतिक्रिया