
काठमाडौं, २९ साउन । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा बसेका छन् ।
बुधबार दिउँसोसम्म नियमित इजलास हेरेका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल साँझदेखि आइसोलेसनमा बसेका हुन् ।
आफ्नो सुरक्षामा खटिएका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि आफू घरबाहिर ननिस्केको न्यायाधीश खतिवडाको भनाइ छ । उनको अंगरक्षक साउन २२ गतेसम्म उनीसँगै थिए ।
यसअघि, सर्वोच्चमा पूर्ण दरबन्दीमा रहेका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि अन्य सुरक्षाकर्मीमा गरिएको परीक्षणबाट कोरोना संक्रमण देखिएपछि न्यायाधीशहरु आइसोलेसनमा बसेका हुन् ।















प्रतिक्रिया