३० आश्विन २०८३, शुक्रबार

भारतमा थपिए एकैदिन ६७ हजार कोरोना सङ्क्रमित, ९४२ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २९ साउन । भारतमा एकै दिन करीब ६७ हजार जना कोरोना संक्रमित थप भएका छन् ।

पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९४२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ४७ हजार ३३ पुगेको छ भने संक्रमितको संख्या २३ लाख ९६ हजार ६३८ पुगेको छ ।

तीमध्ये ६ लाख ५३ हजार ६२२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९५ हजार ९८२ जना सङ्क्रमणमुक्त भएका छन् ।