३० आश्विन २०८३, शुक्रबार

काठमाडौं भित्रिने र बाहिर जाने सवारीसाधन पूर्ण रुपमा बन्द

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । गृह मन्त्रालयले सवारी पास पूर्ण रुपमा बन्द गर्न निर्देशनसहितको परिपत्र जिल्ला प्रशासन कार्यालयहरुलाई गरेपछि आजदेखि काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरने सवारीसाधन पूर्ण रुपमा बन्देज लागेको छ ।

कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गर्न बुधबार गृहमन्त्रालयले निर्देशन दिँदै परिपत्र गरेको थियो ।

सोहीबमोजिम काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने पासको अनुमति प्रदान गर्ने कार्य पूर्ण रुपमा बन्द गरेको जनाएको छ ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो ।

अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्ण रूपमा बन्द गरिएको बताए ।

उनका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास दिने छैनन् । गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो ।

पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारीसाधन र एम्बुलेन्स भने चल्न पाउने छन् ।