३० आश्विन २०८३, शुक्रबार

कोरोना संक्रमित पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २९ साउन । कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ ।

शल्यक्रियापश्चात् आजसम्म पनि उनको स्वास्थ्यमा कुनै सुधार नआएको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।

साउन २६ गतेदेखि दिल्लीको आर्मी आरआर अस्पतालमा उपचाररत मुखर्जीको अवस्था थप चिन्ताजनक बन्दै गएको समाचारमा दाबी गरिउको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अवस्था चिन्ताजनक भएपछि बचाउनका लागि मुखर्जीको मस्तिष्क शल्यक्रिया गर्नु परेको अस्पतालले जनाएको छ ।