बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

बुधबार ६२०० ले घटेको सुनको मूल्य आज कति बढ्यो ?

दैनिक नेपाल २०७७ साउन २९ गते ११:१९

काठमाडौं, २९ साउन । बुधबार ६ हजार २०० रुपैयाँले ऐतिहासिक रुपमा घटेको सुनको मूल्य बिहीबार पुनः बढेको छ ।

बिहीबार सुन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेर तोलाको ९७ हजार ८०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि बुधबार एकैदिन तोलामा ६ हजार २०० रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९५ हजार ४०० रुपैयाँमा झरेको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको १ हजार २९५ रुपैयाँ पुगेको महासङ्घले बताएको छ ।

कोरोना सङ्क्रमण बढिरहँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले मूल्य महँगो हुँदै तोलाको १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । तर, रुसले कोरोनाविरुद्धको खोप तयार गरेको दाबी गरेपछि बुधबार एकैदिन तोलामा ६ हजार २०० रुपैयाँ घटेको सुनको मूल्य युरोपियन देशले खोपमा अविश्वास गरेपछि आज फेरि बढेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित