६ कार्तिक २०८३, शुक्रबार

सुनको भाउमा ऐतिहासिक गिरावट, एकै दिन प्रतितोला ६ हजार २ सय घट्यो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । सुनको भाउमा बुधबार ऐतिहासिक गिरावट भएको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रहेको सुनको भाउ बुधबार प्रतितोला ९५ हजार चार सय रुपैयाँ भएको छ ।

एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक हो ।

यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।