मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुटैछुट

दैनिक नेपाल २०७७ साउन २८ गते ६:२१

काठमाडाैं, २८ साउन । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरूसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरूसंग सहकार्य गरेको छ, जसअन्तर्गत, NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company ), Bajeko Sekuwa रहेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा १५% सम्मको छुट पाउने व्यवस्था गरिएको छ ।

बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क गरेकोे छ ।

साथै बैंकको ग्राहकले बैंकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको  एटिएमबाट विना शुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

प्रतिक्रिया
सम्बन्धित