
काठमाडौं, २७ साउन । लगानी बोर्डमा सरकारद्वारा नियुक्त गरिएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टविरुद्धको रिट निवेदनमा उच्च अदालत पाटनले सरकारका नाममा कारण देखाउ आदेश दिएको छ ।
अन्तरिम आदेश माग गर्दै परेको रिटमा मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीले आफ्नै इजलासमा राखेर सुनुवाइ गरेका थिए । अदालतले दुवै पक्षका कुरा सुनेर मात्रै अन्तरिम आदेशको निर्णय लिने बताएको छ ।
त्यसका लागि दुवै पक्षलाई छलफलमा बोलाएको अदालतले जानकारी दिएको छ ।
उक्त पदका लागि कानूनले तोकेको योग्यता भट्टमा नभएको दाबी गर्दै सोमबार रिट निवेदन दर्ता भएको थियो ।















प्रतिक्रिया