आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कोरोना संक्रमण नियन्त्रणका लागि भुटानमा पहिलोपटक लकडाउनको घोषणा

दैनिक नेपाल २०७७ साउन २७ गते १५:१९

भुटान, २७ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भुटानले पहिलोपटक लकडाउनको घोषणा गरेको छ ।

विदेशबाट फर्किएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै भुटानले मंगलबारदेखि मुलुकभर लकडाउन घोषणा गरेको हो ।

कुवेतबाट फर्किएकी २७ वर्षीया भुटानी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसअघि उनलाई क्वारेन्टिनमा राखिएको थियो । कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई क्वारेन्टिनबाट घर पठाइएको थियो । यद्यपि सोमबार एक क्लिनिकमा पुनः परीक्षण गर्दा भने उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अहिलेसम्म भुटानमा कोरोना भाइरसका ११३ जना संक्रमित फेला परेका छन् । अहिलेसम्म भुटानमा कोरोना भाइरसको कारण कसैको मृत्यु भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित