३० आश्विन २०८३, शुक्रबार

छोटो दूरीको बससेवा नरोकिने, कहिलेदेखि चल्छन् लामो दूरीका बस ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । छोटो दूरीका सवारी सञ्चालनमा तत्काल रोक नलगाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले छोटो दूरीका सवारी नरोकिने बताएका हुन् । उनका अनुसार लामो दूरीका बस भने भदौ मसान्तपछि मात्रै सञ्चालन गरिने बताएका छन् ।

ुकाठमाडौंमा सार्वजनिक सवारीसाधनहरु अहिले जसरी नै चलिरहने उनको भनाइ छ । भदौ १ गतेदेखि मध्यम दूरी र लामो दूरीका बस चल्ने भनिए पनि तत्काल नचलाउने निष्कर्षमा सरकार पुगेको उनले स्पष्ट पारेका छन् ।

कोरोना संक्रमणका कारण स्थिति जटि बन्दै गएपछि सरकारले आफ्नो सोच पविर्तन गरेको मन्त्री नेम्वाङको भनाइ छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई सेवा र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालन नहुने निर्णय गरेको छ ।