३० आश्विन २०८३, शुक्रबार

सडकमा जिस्क्याउनेहरूले लिए यी युवतीको ज्यान

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । बुलेट बाइक चढेर बाटोमा ‘केटी जिस्क्याउने’हरुबाट एक युवतीको ज्यानै गएको छ ।

अमेरिका जानुअघि आफ्नो मामालाई भेट्न स्कुटर चढेर मामाघर जाँदै गर्दा जबरजस्ती दुर्घटनामा परी ति युवतीको ज्यान गएको हो ।

भारतको नोयडामा बस्ने सुदीक्षा भाटी सोमबार आफ्ना दाइ निगमसँग स्कूटीमा चढेर मामाघर माधवगढ जाँदै थिइन् ।बुलन्द शहरमा पुगेपछि बुलेट बाइकमा चढेका केही युवकहरूले उनलाई जिस्क्याउन थाले ।

सडकमा घरी अघि त घरी पछि आएर अस्वभाविक हाउभाउ देखाउँदै हिँडेका ति बुलेट बाइक चढ्ने युवाहरुमध्ये एकले उसले स्कूटीअगाडि आएर झ्याप्पै ब्रेक लगाएपछि निगमले स्कूटी नियन्त्रण गर्न नसकी दुर्घटना भयो । दुवैजना स्कूटीबाट लडे, बहिनी सुदिक्षाको घटनास्थलमै ज्यान गयो भने उनी सख्त घाइते भएका छन् ।

सन् २०१८ को सीबीएसई परीक्षामा ९८ प्रतिशत अंक ल्याएर बुलन्द शहर टपेकी सुदिक्षा अमेरिकी छात्रवृत्तिमा अमेरिकामा अध्ययन गरिरहेकी थिइन् । सन् २०१८ को अगस्टमा अमेरिका गएकी उनले ३ करोड ८० लाख भारतीय रुपैयाँको छात्रवृत्ति पाएर त्यहाँको बबसन कलेजमा उनी बिजनेस म्यानेजमेन्टको कोर्स गरिरहेकी थिइन् ।

गत जुन महीनामा भारत आएकी सुदीक्षा अगस्ट २० मा अमेरिका फर्कन खोज्दै थिइन् ।

उनका बुबा सामान्य चिया पसले हुन् । चिया पसलबाटै आफ्नो परिवार धान्दै आएका उनका बुबा जितेन्द्र यतिबेला विक्षिप्त बनेका छन् । ‘अमेरिका जानुअघि ऊ मामालाई भेट्न चाहन्थी’, उनका बुबाले भने ।

बुलेट बाइकमा रहेका मानिसहरू फरार भएका भारतीय सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।