३० आश्विन २०८३, शुक्रबार

सरकारसँग चाँडो सडक बनाउन माग गर्दै स्थानीयविरुद्ध स्थानीय नै आन्दोलनमा !

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । सरकारसँग चाँडो सडक विस्तार र कालोपत्र गर्न माग गर्दै स्थानीयविरुद्ध स्थानीय नै आन्दोलित भएका छन् ।

विगत सात वर्षदेखि हिलाम्मे भएको सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासीले मंगलबार प्रदर्शन गरेका हुन् । सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइसकेको भए पनि अझै बाटो कालोपत्र गरिएको छैन ।

बाटो चाँडो कालोपत्र गर्न माग गर्दैै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । विस्तार गर्न लागिएको बाटोमा भएको एउटा टहरा भर्खरैसम्म बाँकी थियो । तर केही साताअघि त्यसलाई भत्काएपछि टहरामा बस्नेहरुले अनावश्यक विवाद झिकेर बाटो विस्तारमा अवरोध गरेको भन्दै ‘स्थानीयविरुद्ध स्थानीय नै’ आन्दोलनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा स्थानीयले ‘सरकार बाटो चाँडै बनाइदेऊ’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

२०१७ सालसम्म सार्वजनिक जग्गामा विद्यालय रहेको र उक्त विद्यालय पछि तरुण माविमा गाभिएपछि खाली रहेको सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई सरकारले घरबापत आवश्यक मुआब्जा समेत २०७१ सालमै दिइसकेको छ ।

मुआब्जा पनि लिने, सार्वजनिक जग्गा पनि अझै आफूहरुकै भएको भन्दै केही व्यक्तिले सडक निर्माणको विरोध गरिरहेका बेला बालाजु बाइपासमा सदिऔंदेखि बसोबास गर्दै आएका स्थानीय विरोधमा उत्रिएका हुन् ।