वीरगञ्ज, २७ साउन । वीरगञ्जमा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरूमा पर्सा जिल्लाका ६५ जना र बाराका ५ जना रहेका छन् । वीरगञ्जका दुई जना डाक्टर, चार प्रहरी, पर्सा प्रहरीको थुनुवा कक्षमा रहेका पाँचजना थुनुवा, नारायणी अस्पतालमा कार्यरत रहेका चार कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
सोमबार राति संक्रमण पुष्टि हुनेहरूमा वीरगञ्ज १ छपकैयाका तीन महिला दुई पुरुष, बिर्ताका १० जना, माइस्थानका चारजना, आदर्श नगरका चारजनामा पनि कोरोना संक्रमण देखिएको छ ।
पर्साको धोबिनी गाउँपालिका एक जना, जगरनाथपुरका ३ वर्षकी एक बालिका र एक महिलामा पनि संक्रमण भएको पाइएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका एक र निजगढका दुईजनामा समेत संक्रमण देखिएको छ ।











प्रतिक्रिया