७ मंसिर २०८३, सोमबार

डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डाेटी, २७ साउन । डोटी जिल्लाको आदर्श गाउँपालिका-१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएकाे छ ।

मंगलबार बिहान १ बजे ३ तलाको पुरानो घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लोगे लुहारकी श्रीमती बिस्ना लुहार, उनका छोरा पारस, ७ वर्षीया छोरीहरू जेनिसा र ५ वर्षकी सिरु लुहार रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिएका छन् । उनका अनुसार घटनामा थप ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा घरधनी लोगे लुहार, उनकी आमा, सासू आमा, सालो र २ वर्षीया छोरी रहेका छन् ।