
काठमाडौं, २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक र लिम्पियाधुरा फिर्ता लिने राष्ट्रिय चाहनाबाट प्रधानमन्त्री केपी शर्मा ओली विमुख भएको बताएका छन् ।
चोटिलो विषयलाई छोडेर रामनाम जप्दै वाल्मीकि बन्ने बाटोमा प्रधानमन्त्री अग्रसर देखिएको टीप्पणी उनले गरेका छन् । राष्ट्रियता जोगाउने जिम्मेदारीबाट प्रधानमन्त्री ओलीले पछि हटेको भन्दै राणाले ‘ठोरी–ठोरी भन्दा भन्दै वाल्मीकि जन्मन सक्ने’ भन्दै व्यङ्ग्य पनि गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले लेखेका छन्, ‘मुल हाँक लिपुलेक, लिम्पियाधुरा फिर्ता लिनु हो । राष्ट्रिय चाहना यही हो । तर, प्रधानमन्त्रीले कुटनीति, वार्ताबाट भोगचलन कायम गर्ने जिम्मा भूले जस्तो छ ।’
‘शब्द आडम्बरले राष्ट्रियता जोगिने होइन । राम–राम, ठोरी–ठोरी जप्दा जप्दै वाल्मिकी जन्मिए अर्कै प्रसंग । त्यसो भए रुपान्तरण, विषयान्तर दुबै हुनेछ’, उनले लेखेका छन् ।















प्रतिक्रिया