
काठमाडौं, २६ साउन । प्रहरीले गोंगबुमा सुटकेशभित्र फेला पारेको टाउको र खुट्टा नभएको शवको पहिचान गरेको छ ।
उक्त शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले बताएको छ । बोहरा नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक तथ्य पत्ता लागेको प्रहरीले बताएको छ ।
मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ । यसअघि शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन सकेको थिएन ।
आइतबार टाउको र खुट्टा नभएको शव भेटिएपछि प्रहरीले कुकुरको सहयोगमा त्यसको ३०० मिटर पर टाउको र खुट्टा भेटेको थियो ।















प्रतिक्रिया