
काठमाडौं, २६ साउन । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सुशील भट्टविरुद्ध आज सोमबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ ।
लगानी बोर्डको प्रमुखका लागि भट्टको योग्यता नपुग्ने दाबीसहित अधिवक्ता जयबहादुर भुजेलले भट्टविरुद्ध निवेदन दर्ता गरेका हुन् ।
निवेदनमा प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति, सुशील भट्ट, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र लगानी बोर्डलाई विपक्षी बनाइएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टसँग व्यवस्थापन, बैंकिङ, इन्जिनीयरिङ तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव छ ।
बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि सो पद खाली थियो । सोही पदमा सरकारल भट्टलाई नियुक्त गरेको हो ।















प्रतिक्रिया