३० आश्विन २०८३, शुक्रबार

सरकारलाई पूरा तलव पनि, भ्रष्टाचार पनि !

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । साझा पार्टीका संयोजक रवीन्द्र मीश्रले वर्तमान महामारीका बेला पनि सरकार सञ्चालन गर्ने व्यक्तिहरुले राज्यबाट पूरापूर तललभत्ता लिएकोप्रति आपत्ति प्रकट गरेका छन् ।

सरकारमा बस्नेहरुले आफ्नो तलब काट्न नचाहाने तर, श्रमिक र मजदुरहरुको पारिश्रमिक कटौती तर रोजगारी नै गुम्दा पनि कुनै चासो नदेखाएको भन्दै उनले आक्रोश समेत व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्विटरमा ‘हेल्लो सरकार’लाई मेन्सन गर्दै मीश्रले लेखेका छन्, ‘तिमी पूर्ण तलब खाने (अझ भ्रष्टाचार गर्ने), श्रमिकहरूको चाहिँ तलब काटिने या जागिर नै जाने ? तिम्रो तलब र सुबिधा काट, तर श्रमिकहरूलाई नमार ।’

नेता तथा मन्त्रीहरु तलबविना पनि वर्षौं बाँच्न सक्ने तर श्रमिकहरु एक दिन पनि बाँच्न नसक्ने भन्दै उनले अगाडि लेखेका छन्, ‘तिमीहरूमध्ये अधिकांश वर्षौं तलब/भत्ताविना बाँच्न सक्छौ, श्रमिकहरू सक्दैनन् । एकपटक तिनको परिवार सम्झ, तिनको बालबच्चा सम्झ ।’

विभिन्न सामाजिक सञ्जालहरुमा ‘सरकार तिम्रो पनि तलबभत्ता घटाउ’ शीर्षमा ट्रोल चलिरहेको छ । सोही ट्रोलको समर्थन गर्दै संयोजक मीश्रले सो कुरा लेखेका हुन् ।

सरकारले आफ्नो तलबभत्ताको ८० प्रतिशत कट्टा गरे श्रमिकप्रति उत्तरदायी र जवाफदेही भएको ठहर्ने ‘ट्रोल’को तर्क छ ।

अझ कम्युनिष्ट पार्टीका नेताहरुको नेतृत्वमा सरकार भएको बेला आम श्रमिक मजदुरहरुले धेरै भन्दा धेरै राहत र अविभावकत्व पाएको महसुस गर्नुपर्ने तर्क समेत गरिएको छ ।