३० आश्विन २०८३, शुक्रबार

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना संक्रमण पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २६ साउन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

अरू नै समस्याले जँचाउन अस्पताल गएका बेला कोरोना पनि परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको उनले बताएका छन् । उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न अनुरोध गरेका छन् ।

भारतमा कोरोना भाइरसको महामारी सुरू भएयता पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै १ हजार ७ जना मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ६२ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा संक्रमितको संख्या २२ लाख १५ हजार ७५ पुगेको छ । यस्तै हालसम्म ४४ हजार ३ सय ८६ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।