३० आश्विन २०८३, शुक्रबार

विराटनगरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २६ साउन । जिल्ला अदालत मोरङका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार न्यायाधीशसहित ४ जनाको स्वाब लिएर परीक्षण गरिएको थियो । न्यायाधीशमा संक्रमण पुष्टि भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

उनका अनुसार न्यायाधीशलाई संक्रमण पुष्टि भएपछि सोमबारदेखि बुधबारसम्म अदालतबाट हुने सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।