३० आश्विन २०८३, शुक्रबार

उपत्यकामा थप १ जना कोरोना संक्रमितको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । सोमबार काठमाडौं उपत्यकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत कीर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीय कोरोना संक्रमित एक पुरुषको आज सोमबार मृत्यु भएको हो ।

निमोनिया र मधुमेहको समेत समस्या देखिएका उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

यो सँगै उपत्यकामा कोरोनाका कारण ज्यान जानेको संख्या ६ पुगेको छ । यसअघि काठमाडौंमा ३ र ललितपुरमा २ जनाको ज्यान गइसकेको छ ।

कोरोना संक्रमणबाट मुलुकभर मृत्यु हुनेको संख्या ७८ पुगेको छ । सोमबा नै वीरगन्जमा ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।