बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

दही बनाउने सामसङको कर्ड मेस्ट्रो रेफ्रिजेनेरेटर नेपाली बजारमा

दैनिक नेपाल २०७७ साउन २६ गते ९:२१

काठमाडौं, २६ साउन । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा कर्ड मेस्ट्रो रेफ्रिजेनेरेटर उपलब्ध गराएको छ ।

रेफ्रिजेनेरेटर विश्वकै पहिलो हो जसले खानेकुरालाई सुरक्षित मात्र राख्दैन यसले खानेकुरा तयार समेत गर्दछ । यसबाट दैनिकरुपमा आफ्नो आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन सकिने कम्पनीले जनाएको छ ।

विभिन्न परिकारहरुसँगै नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ, र दहीको खपत अधिक रहेको छ ।

यो सामसङको नयाँ प्रविधि हो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण गरिएको हो ।

यो रेफ्रिजेनेटरले पाँचदेखि ६ घण्टामा सहजै दही तयार गर्न सक्दछ । यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित