६ कार्तिक २०८३, शुक्रबार

आलोपालो र घरबाटै काम गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ साउन । नेपाल राष्ट्र बैंकले कोरोनाभाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ ।

बैंकले सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएकोले कर्मचारीहरुलाई त्यसैअनुरुप व्यवस्थापन गरेर आलोपालो कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो ।

सेवा प्रवाहको निरन्तरताका लागि बिजनेस ‘कन्टिन्यूटी प्लान’ तयार गर्न पनि बैंकहरुलाई राष्ट्र बैंकले भनेको छ ।

विभिन्न स्थानको विषमतालाई ध्यानमा राखेर निषेधाज्ञा र लकडाउन भएका क्षेत्रमा घरबाटै काम गर्ने व्यवस्था मिलाउन पनि बैंकले मातहतका संस्थाहरुलाई निर्देशन दिएको छ ।

‘न्यूनतम कर्मचारीबाटै बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु गर्ने तथा वैकल्पिक रुपमा सञ्चालन गर्न सकिने शाखाहरु सोही बमोजिम सूचना जारी गरी वैकल्पिक रुपमा आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन’ राष्ट्र बैंकले भनेको छ ।

सेवा सुचारु नगरिएका शाखाको विवरण राष्ट्र बैंकमा बुझाउन र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न बैंकहरुलाई भनिएको छ ।