
काठमाडौँ, २५ साउन । आइतबार काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौँमा ९० जना र ललितपुरमा २ जना गरी थप ९२ जनामा संक्रमण देखिएको हो ।
उनीहरुको ७ वटा प्रयोगशालामा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आजै देशभर थप ३ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४० जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १६ हजार ३ सय ५३ जना पुगेको छ । बितेका २४ घण्टामा ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।















प्रतिक्रिया