६ कार्तिक २०८३, शुक्रबार

थप ३८० जनामा कोरोना, संक्रमितको संख्या करिब २३ हजार

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ साउन । आइतबार देशभर थप ३ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४० जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १६ हजार ३ सय ५३ जना पुगेको छ ।

बितेका २४ घण्टामा ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।