६ कार्तिक २०८३, शुक्रबार

धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका २ को मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

धनुषा, २५ साउन । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १ जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता छन् ।

धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

प्रजिअ भट्टराईकाअनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब सङ्कलन गर्ने काम भइरहेको छ । बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए ।

त्यसैगरी धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय नेपाली काँग्रेसका नेताको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब सङ्कलन गर्ने काम भइरहेको प्रजिअ भट्टराईले जानकारी दिए ।

धनुषामा यसअघि एक जनाको कोरोना सङ्क्रमित भएर मृत्यु भइसकेको छ । दुई साताअघि शहीद नगरपालिका–८ का ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणले मृत्यु भएको थियो । –रासस