७ मंसिर २०८३, सोमबार

पार्टी विभाजन रोक्न दबाबसहित नेकपाका ७० सांसदको हस्ताक्षर

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । आन्तरिक कलहका कारण विभाजनोन्मुख नेपाल कम्युनिस्ट पार्टीको एकता जोगाउन दबाबसहित संघीय संसदका ७० जना सांसदको हस्ताक्षर आइतबार सार्वजनिक हुँदैछ ।

नेताहरूको विवाद समाधान हुनुपर्ने दबाबसहित तीन गुटमा रहेका सांसदहरूको हस्ताक्षर संकलन गरिएको थियो । स्थायी समितिमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि नेकपाको विवाद सतहमा आएको थियो ।

पक्ष विपक्ष र गुटगत सल्लाहका आधारमा सार्वजनिक रुपमा नै एकअर्काविरुद्ध बयानबाजी दिने क्रम पनि बढिरहेका बेला सांसदहरूले एकताको पक्षमा यसो गर्न लागेका हुन् ।