शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रधानमन्त्रीको राजीनामा माग्दै आएका दाहाल आइसोलेसनमा

दैनिक नेपाल २०७७ साउन २५ गते ८:१५

काठमाडौं, २५ साउन । प्रधानमन्त्री केपी ओलीलाई पदबाट राजीनामा दिन दवाव दिँदै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइसोलेसनमा बसेका छन् ।

दाहाल एक हप्ता ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आइसोलेसनमा बस्नेछन् ।

दाहालका छ जना सुरक्षाकर्मीहरूलाई कोरोना देखिएपछि आइसोलेसनमा बसेका हुन् । उनले आन्तरिक र बाह्य भेटघाट बन्द गरेका छन् ।

कोरोनाबाट दाहालसहित उनको परिवार सुरक्षित छ । दाहाल आइसोलेसनमा बसेपछि प्रधानमन्त्री ओलीसँगको सम्वाद बन्द भएको छ ।

आइसोलेसनमा बसेका अध्यक्ष दाहालले शनिबार ओली निकटका तीन नेतालाई खुमलटारमा भेटेका थिए । दाहालले संसदीय दलका उपनेता सुवास नेम्वाड, महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेलसँग भेटघाट गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित