७ मंसिर २०८३, सोमबार

ओखलढुंगा र झापामा बलात्कार गर्नेहरू पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ साउन । झापा र ओखलढुंगा जिल्लामा बलात्कार गरेकाे अभियाेगमा २ जना पक्राउ परेका छन् ।

झापाकाे गौरीगंज गाउँपालिका-३ बस्ने ३३ बर्षीय अरुण राजबंशीलाई ३६ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

राजबंशीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियाे ।

उता, ओखलढुंगामा जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी लिखु गाउँपालिका-५ बस्ने ५० वर्षीय रिकबहादुर थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७६ माघ २४ गते सोही गाउँपालिका ४ यसम भन्ने ठाउँमा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरी फरार रहेका थापालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको जनाएकाे छ ।