बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

चितवन र पाेखरामा तास खेल्ने समूह पक्राउ

दैनिक नेपाल २०७७ साउन २५ गते ७:२४

सांकेतिक तस्वीर

काठमाडौं, २५ साउन । चितवन र पाेखरामा १८ जना जुवाडेहरू जुवाकाे खालबाट पक्राउ परेका छन् ।

चितवनकाे कालिका नगरपालिका-५ ब्रम्हस्थान बस्ने ३३ वर्षीय राजकुमार चौधरीको घरमा तास खेलिरहेको अवस्थामा चौधरी समेत १३ जनालाई नगद १ लाख ८८ हजार ८ सय ६२ रुपियाँ र ४ बुक तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएकाे छ ।

उता, कास्कीकाे पोखरा महानगरपालिका-२६ सक्नेरी बस्ने २७ वर्षीया मेलिना श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई नगद १२ हजार ५ सय ९० रुपियाँ र १ सय ६० पत्ती ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियाे ।

प्रतिक्रिया
सम्बन्धित