६ कार्तिक २०८३, शुक्रबार

व्यक्तिगत आरोप-प्रत्यारोप नगरौँ, तुरुन्तै स्थायी कमिटी बोलाऔँ : प्रवक्ता श्रेष्ठ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ साउन । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद समाधानका लागि तुरुन्तै स्थायी कमिटी बैठक राख्न माग गरेका छन् ।

साउन १३ गतेपछि पुनः रोकिएको स्थायी कमिटी बैठक हुनुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।

‘म फेरि जोड दिएर भन्छु– हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं’, उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘सबै बैठकमा उपस्थित भएर आ–आफना विचार राखौं र छलफल गरौं । त्यसबीचमा आवश्यकता अनुसार शीर्षस्थ नेताहरूको बीचमा र सचिवालयमा गृहकार्य गरौँ ।’

‘यथास्थितिमा गुणात्मक परिवर्तन कुन रूपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पुर्वाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौं’, उनले तर्क प्रस्तुत गरेका छन् ।

‘व्यक्तिको हार र वितको विषय होइन, पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं’, उनले सुझाउँदै भनेका छन्, ‘व्यक्तिगत आरोप–प्रत्यारोप वा गालीगलौजका रूपमा होइन, वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गरौं ।’