६ कार्तिक २०८३, शुक्रबार

चितवनमा ६ वर्षीय बालकसहित थप ८ जनामा कोरोना

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ साउन । चितवनमा थप ८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

संक्रमितमा २ जना प्रहरी, एक थुनुवा र एकजना बालक समेत रहेका छन् ।

उनीहरुको परीक्षण भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको थियो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ६ वर्षीय बालकसहित थप ८ जनामा कोरोनाभाइर संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकामध्ये ६ जना चितवनका हुन् भने २ जिल्ला बाहिरका रहेको जनाइएको छ ।