६ कार्तिक २०८३, शुक्रबार

बाँकेमा थप २० जनामा कोरोना, समुदायमा संक्रमण फैलिएको भन्दै निषेधाज्ञा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ साउन । बाँकेमा शनिबार थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्जमा १६ जना र कोहलपुरमा ४ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

३ सय जनाको नमुना परीक्षण गरिएकोमा बर्दियाका २ गरी २२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

समुदाय स्तराम कोरोना फैलिएको भन्दै बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । शनिबारसम्म जारी निषेधाज्ञा थप ३ दिनका लागि लम्ब्याइएको छ ।