६ कार्तिक २०८३, शुक्रबार

यी ४ जिल्लामा छन् ५ सय बढी कोरोना संक्रमित

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ जिल्लामा ५ सय जनाभन्दा बढी संक्रमितहरु रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा ५ सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ गरी ४ वटा हुन् ।

नेपालमा थप पछिल्लो २४ घण्टामा थप ४ सय ९९ जनाले कोरोना जितेका छन् ।

यससँगै उपचारपछि निको हुनेको संख्या १६ हजार ३ सय १३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाए ।

त्यस्तै, शनिबार थप ३ सय ७८ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।