
काठमाडौँ, २४ साउन । कोरोनाका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको छ ।
गत २४ घण्टामा काठमाडौँसहित ३ जिल्लाका ३ जनाको मृत्यु भएको हो । यससँगै मृत्यु हुनेको संख्या ७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाएका छन् ।
कोरोना संक्रमित काठमाडौँ टोखा गनरपालिका ६ की ४१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । उनमा साउन १८ गते कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ७४ वर्षीय वृद्धको शुक्रबार गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो । त्यस्तै, मोरङ विराटनगर ९ का ५८ वर्षीय पुरुषको पनि शुक्रबार नै मृत्यु भएको थियो ।
गत २४ घण्टामा नेपालमा थप ३ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।
त्यस्तै, गत २४ घण्टामा थप ४ सय ९९ जना डिस्चार्ज भएका छन् । यससँगै कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३ सय १३ पुगेको छ ।















प्रतिक्रिया