६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ साउन । काठमाडौँ उपत्यकामा शनिबार थप ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ५६ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा बिहीबार र शुक्रबार क्रमशः ८७ र १०६ जना संक्रमित थपिएका थिए । शनिबार देशभर थप ३ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको हो । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार २ सय रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा थप ४ सय ९९ जना डिस्चार्ज भएका छन् । यससँगै कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३ सय १३ पुगेको छ । अहिले क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन् ।