६ कार्तिक २०८३, शुक्रबार

२४ घण्टामा थपिए ३७८ जना कोरोना संक्रमित, थप ४९९ डिस्चार्ज

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ साउन । नेपालमा थप ३ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार २ सय रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा थप ४ सय ९९ जना डिस्चार्ज भएका छन् । यससँगै कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३ सय १३ पुगेको छ । अहिले क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन् ।