६ कार्तिक २०८३, शुक्रबार

समुदायमा कोरोना फैलिएपछि बर्दियामा निषेधाज्ञा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ साउन । बर्दियामा निषेधाज्ञा जारी गरिएको छ ।

समुदायमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिने भएको छ ।

जिल्ला स्तरमा बैंक कर्मचारी, जनप्रतिनिधि लगायत थुनुवामा समेत कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले पाँच दिनका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा समुदाय स्तरमा कोरोनाभाइरस संक्रमण भएपछि यस्तो निर्णय गरेको जिल्ला प्रशासन बर्दियाले जनाएको छ ।

साउन २५ गते आइतवारदेखि २९ गते बिहीवार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गर्ने जिल्ला कोभिड—१९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार सूचना सार्वजनिक गरिएको छ ।

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवाहरु निषेध गरिएको हो ।

सुरक्षा, स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स तथा शव बोक्ने गाडी, दमकल, औषधि, तरकारी तथा फलफूल जस्ता अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा निषेध गरिएको हो ।

अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कने व्यक्तिले न्युनतम भौतिक दूरीसँगै मास्क लगायत आधारभूत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ । निषेधाज्ञा उल्लंघन गरे कारवाही हुने जनाइएको छ ।