
काठमाडौँ, २४ साउन । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमा बाग्लुङका १३ जना रहेका प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएका छन् । उनीहरु बाग्लुङ नगरपालिका ३ का पुरुष हुन् ।
त्यस्तै, स्याङ्जामा ७ जना संक्रमित थपिए । पुतलीबजारका ६ र कालीगण्डकीका एक जना छन् । कास्कीको पोखराका ३ र म्याग्दीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ६ सय ११ जना पुगेको छ । उनीहरुमध्ये १ हजार ४ सय ४३ जना निको भइसके ।















प्रतिक्रिया