६ कार्तिक २०८३, शुक्रबार

गृहमन्त्री थापासहितको कोरोना रिपोर्ट नेगेटिभ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ साउन । गृहमन्त्री रामबहादुर थापासहितको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

गृहमन्त्री थापासहित सुरक्षा र राजनीतिक सल्लाहकारको परीक्षण नेगेटिभ आएको हो ।

कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

यही साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी भएका थिए । ५ दिनपछि यादवमा कोरोना पुष्टि भएपछि क्लोज कन्ट्याक्टमा आएकाहरुको परीक्षण गरिएको हो ।

स्रोतका अनुसार परीक्षणमा गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको रिपोर्ट नेगेटिभ आएको हो ।