७ मंसिर २०८३, सोमबार

रूपन्देहीमा कार पल्टिँदा ३ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २४ साउन । रुपन्देहीमा परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको छ ।

रूपन्देही रोहिणी गाउँपालिका- ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नंम्बरको कार नियन्त्रित भएर पल्टिँदा ३ जनाको मृत्यु भएको हो ।

प्रदेश- ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेलाई उपचारको लागि भीम अस्पताल भैरहवा पठाएकोमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने ३ जनामध्ये १ जनाको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा रूपन्देही ओमसतिया गाउँपालिका बालापुरका २६ को देवेन्द्र चौधरीलगायतका रहेका छन् ।