बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

टाटाका सवारी साधन खरिद गर्न एनआईसी एशिया बैंक ऋण दिने, ६ महिना किस्ता तिर्नुनपर्ने

दैनिक नेपाल २०७७ साउन २४ गते ७:१९

काठमाडौं, २४ साउन । एनआईसी एशिया बैंक लिमिटेड र टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.बीच फाइनान्सिङ पार्टनर बनाउने समझदारी भएको छ ।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कम्पनीको तर्फबाट उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर गरेका छन् ।

उक्त ब्राण्डका कार बिक्री गर्दा सिप्रदी ट्रेडिङ प्रा.लि.ले बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिप्रदी ट्रेडिङ प्रा.लि.का उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ ।

बैंकको सुपर चमत्कारिक कर्जा योजना अन्तर्गतको सुपर चमत्कारिक सवारी कर्जामार्फत सिप्रदी ट्रेडिङ प्रा.लि.द्वारा बिक्री गरिने टाटा ब्राण्डका कार खरिद गर्दा ग्राहक महानुभावहरूले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा रहेको छ ।

बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत टाटा ब्राण्डका कारहरू ग्राहक महानुभावहरूले खरिद गर्न सक्नेछन् ।

यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहने ग्राहक महानुभावहरूले लिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित